” वैदेशिक रोजगार ” कविता



रचनाकार : राज कुमार कार्की
” वैदेशिक रोजगार ”
गोरखा भर्ती हुँदै खाडी मुलुक सम्म आइपुग्यो वैदेशिक रोजगार।
लक डाउनले नेपालको अर्थतन्त्र खस्किदै छ बेलैमा होस गर ।।
रेमिटेन्सले अर्थतन्त्र धानेको छ भन्दैछ सरकार ।
नियम कानुन बनाउदा डलर खेतिको सल्लाहमा हलो अड्काएर।।
र, वा कमा, ले नियम कानुन घुमाएको छ कलम रड्काएर।
ब्यक्तिगत लाभ हानीले गर्दा देशले धेरै कोटा गुमाएको छ।।
रोजगार दाता कम्पनीहरु भन्छन् हामीले भिजा टिकट दिने।
रोजगार हामीले दिएपछि किन कामदर आउन ढिलो हुने ।।
कामदारहरु सबै भन्दछ्न छिटो छरितो बिदेश जान पाऊँ ।
व्यवसायीहरु भन्दछ्न कराेडाैँको धरौटी राखेर किन बदनाम गर्दैछ्न हाम्रो नाउ ।।
हामी मात्रै हैनौ जनशक्ति दाता अरु देश पनि छन हेर ।
रोजगार दाता भन्दछन नेपालको नियम कानुन सारै भयो धेर ।।
सेवा शुल्क नियम परिवर्तन समय समयमा हुनुपर्दछ हेरफेर ।
सरकार व्यवसायी रोजगारदाता मिली गरौं गोलमेच सम्मेलन ।।
नियम कानुन बनाउँदा दक्षिण एशियाली मुलुकहरुको नि हेर ।
नियम कानुन बनाउँदा एन जि ओ, आइ एन जि ओ ले घेर्दछ्न धेर ।।
अरु देशमा बिहान भिजा आए बेलुका सम्म कामदार जान्छ्न हेर ।
नियम कानुन तालमेल नहुने हो भने हाम्रा सबै कोटा लान्छ्न हेर ।।
कोरोनाले वैदेशिक रोजगारलाइ नराम्रो सँग हानेको छ झापड ।
करोडौं को बैंक ग्यारेन्टी सरकारको साथछ पचास लाख फिर्ता भए मात्र व्यावसायी बाच्छ।।
संविधानले प्रष्ट भन्छ कुनै खाले सिन्डिकेट मान्दिन ।
मन्त्रालय भन्छ वार्षिक एक सय नपुर्‍याए अनुमति दिन्न ।।
यता सरकार दगुर्दैछ लगानी खोज्न यूरोप अमेरिका तिर हेर।
कामदारको लगानीको ग्यारेन्टी गर्दा जाँदैन कुनै आयोजना खेर ।।
धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्