गुण्डागर्दीमा समलग्न दुर्गा बहादुर श्रेष्ठ उर्फ डेभिड पक्राउ



काठमाडौं । मलेशियामा रहेर गुण्डागर्दीमा समलग्न दुर्गा बहादुर श्रेष्ठ उर्फ डेभिड पक्राउ परेका छन् । उनलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले पक्राउ गरेको हो । यद्धपी सिआइबीले उनलाई पक्राउ गरेको विषयमा आधिकारिक पुष्टि भने गरेको छैन ।

स्रोतका अनुसार डेभिडलाई व्युरोले आज पक्राउ गरेको हो । मलेशियाको केलाङ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय डेभिडले त्यहाँ रहेका नेपाली युवाहरुलाई कुटपीट गरेको विषयमा पीडित युवाले दिएको भिडियो बयान पारेको छ ।

ती युवाले आफूलाई डेभिड श्रेष्ठले निर्घात कुटपीट गरेको जानकारी दिएका छन् । उनलाई नेपालमा सिआइबीले कुन मुद्दामा पक्राउ गरेको हो भन्ने विषयमा सिआइबी उच्च स्रोतलाई प्रश्न गर्दा डेभिडलाई अपहरण मुद्दामा पक्राउ गरेको जानकारी दिए ।

डेभिडले मलेशियाको केलाङ क्षेत्रमा केही युवतीलाई नेपालबाट अबैध तरिकाले लैजाने र त्यहाँ अनैतिक क्रियाकलापमा लगाउने गरेको समेत स्रोतको दाबी छ । डेभिडले केलाङकै अन्य रेष्टुरेन्टमा काम गर्ने नेपाली मजदुरमाथि समेत निर्घात कुटपीट गर्ने गरेको खुलेको थियो ।

मलेशियाकै गुण्डागर्दी गर्ने समुहसँगको मिलेमतोमा उनले नेपालीमाथि ज्यादती गर्दै आएका थिए । नेपालमा रहेका म्यानपावरसङ ठगी गर्दै अहिले पनि लाखौं पैसा लिएकाे र उनी मानव तस्कर पनि अबैध रुपमा नेपालबाट मान्छेहरु लैजाने काम पनि गर्ने गरेको स्रोतको दाबी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्