संखुवासभा घटना बारे बोल्यो विप्लव (नेकपा)



 

काठमाडौं । २ दिन अघिसंखुवासभामा प्रतिबन्धित प्रहरीमाथी गोली चलाउँदा दोहोरो भिडन्त भएको भन्ने समाचार आएकोप्रति विप्लव नेकपाले खण्डन गरेको छ । सो पार्टीका सगरमाथा ब्यूरोका इञ्चार्ज अनुभव क्रन्तिले आज एक बिज्ञप्ति मार्फत सुरक्षानिकायमाथी हमला गर्ने आफ्नो पार्टीको नीति नभएको भन्दै घरपरिवारसित भेटघाटमा गएका सो पार्टीका जिल्ला सेक्रेटरी लगायतका कार्यकर्तामाथी प्रहरीले नै फाएर गरेको बताएका छन् । विज्ञप्तिमा उनले प्रहरीको सो कदमको कडा शब्दमा विरोध जनाएका छन् । विज्ञप्तिमा अनुभवले ओली–बादल सरकारले आफ्नो पार्टीमाथी दमन बढाएको भन्दै त्यसको प्रतिवाद गर्ने दावी समेत गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्