म महासचिवको प्रस्तावको पक्षमा छु : जनार्दन शर्मा



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले आफू महासचिव विष्णु पौडेलले राखेको प्रस्तावको पक्षमा रहेको बताएका छन्। शर्माले पार्टीका महासचिव विष्णु पौडेलमार्फत सचिवालय बैठकमा आम कार्यकर्ताको भावना व्यक्त भएको बताएका छन्।

पार्टी सचिवालय बैठकमा पौडेलले आफूहरू असफल भएकोले सामूहिक राजीनामा गर्न प्रस्ताव गरेका थिए। उनले भनेका थिए, ‘हामीले सरकार पनि चलाउन सकेनौं। पार्टी पनि चलाउन सकेनौं। यसरी चलाउनुभन्दा सामूहिक राजीनामा दिऊँ। नयाँ पुस्तालाई हस्तान्तरण गरौँ।’ पार्टीको सचिवालय कमिटीले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेकोले यसको भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको पौडेको भनाई छ।

महासचिव पौडेलको उक्त प्रस्तावको पक्षमा संस्थागत रूपमा बोल्न आवश्यक रहेको नेता शर्माको भनाई छ। शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सचिवालयमा पार्टीका आम कार्यकर्ताको भावना हिजो पहिलो पटक व्यक्त भयो। महासचिव कमरेडलाई धन्यवाद। बाँकी सबै सत्य संस्थागत रूपमा बोल्न जरुरी छ। अब ढुंगामाथि पानी पर्‍यो रुझ्यो मात्र भिजेन……… सँग कुरा गर्‍यो सुन्यो मात्र बुझेन को अवस्था अन्त हुनेछ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्