शुक्रबार गुल्मीमा काँग्रेस पार्टी कार्यालय बन्द गरिने



रमेश विश्वकर्मा
गुल्मी, मंसिर ४ । नेपाली काँग्रेस गुल्मीले जिल्लाभरका
काँग्रेस पार्टी कार्यालय बन्द गर्ने भएको छ । नेपाली कांग्रेस मदाने गाउँपालिकाका उप–सभापति तथा नेपाली काँग्रेस मदाने ३ वडा कार्य समिति सिर्सेनीका सभापति डिलहरी सेनको निधनमा भोली अर्थात शुक्रबार पार्टी कार्यालय बन्द गरिने भएको हो ।

स्व.सेनको योगदानको उच्च सम्मान गर्दै नेपाली काँग्रेस गुल्मीले पार्टीको जिल्लाभर झण्डा आधा झुकाउने र पार्टी कार्यालय बन्द गरिने भएको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताए । सेनको गत कात्तिक २९ गते ५१ वर्षको उमेरमा असामयिक निधन भएको थियो । बिहिबार एक शोक विज्ञप्ति जारी गर्दै सभापति श्रेष्ठले नेपाली काँग्रेस गुल्मीलाई गम्भीर क्षति पुगेको उल्लेख गरेका छन् ।

प्रजातन्त्रको पुर्नस्थापना र सुदृढ लोकतन्त्रका लागि झण्डै तीन दशक भन्दा लामो संघर्ष र बलिदान गर्दै नेपाली काँग्रेसले अगाडी बढाएका हरेक सामाजिक रुपान्तरणको यात्रामा अग्रमोर्चामा प्रस्तुत हुने जुझारु यूवा नेताको निधनबाट सिङ्गो लोकतन्त्र र लोकतान्त्रीक आन्दोलनलाई गम्भीर धक्का पुगेको छ । सभापति श्रेष्ठद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा स्वर्गीयको सेनको शोकसन्तप्त परिवारजनमा नेपाली काँग्रेस गुल्मीको तर्फबाट गहिरो समवेदना र दिवंगत सेनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्