नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा (सूचीसहित)



काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। गृह मन्त्रालयले शुक्रबार सरुवा सूची निकालेको हो। जसअनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन्।

श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ। यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ।

ललितपुरमा रहेका टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ। महानगरीय ट्रापिलक प्रहरी शाखाको प्रमुखमा एसएसपी जनक भट्टराई आएका छन्। यहाँ रहेका एसएसपी भीम ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखामा लगिएको छ ।

हेर्नुहोस् सूची

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्