ओलीलाई स्पष्टीकरण सोधेको पत्रमा यस्तो भनिएको छ



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ। माघ २ गते बसेको नेकपा स्थायी समिति बैठकले प्रधानमन्त्री समेत ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेका थिए। ‘पार्टीविरोधी गतिविधि गरेकाले तपाईंलाई कारबाही किन नगर्ने। तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिनुहोला,’ पत्रमा उल्लेखित व्यहोराबारे ढकालले जानकारी दिए।

नेकपाले ओलीलाई स्पष्टीकरण सोधेको पत्रमा तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्