प्रचण्ड -नेपाल पक्षकाे आन्दोलनले उपत्यकाका सडक अस्तव्यस्त, जनतालाई सास्ती



९ माघ , काठमाडौँ ।नेकपा  प्रचण्ड -नेपाल पक्षले गरेको सडक आन्दोलनले गर्दा लाखौँ गाडीको जाम परेको छ। बिहान सडकमा परेको जामले सडक अस्तव्यस्त बनेको हो। लाखौं यात्री अलपत्र परेका छन्।

 

प्रदशनीमार्ग भृकुटी मण्डपमा हुने प्रतिनिधि सभा बिगटन बिरुद्द घोषणा गरेको कार्यक्रमका लागि लाखौं सर्बसाधारणले सास्ती भोग्नु परेको छ।

मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् । प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ ।

पैदलयात्री सम्म हिड्न नामिल्ले गरि यसरी समस्या परेको भन्दै कयौं यात्रीको गुनासो समेत रहेको छ। १० बजे अफिस पुग्नुपर्ने एघार बजिसक्दा समेत म बाटोमा छु, अब के गर्ने गाडी छैन बाटो बन्द मेरो समस्या कसले बुज्ने यहि हो लोकतान्त्रिक गणतन्त्र ? म जस्ता हजारौं ले सिक्ने यहि होर? आर आर स्नातक तह अध्यनरत बिनोदा न्यौपानेले भनिन। व्यक्तिगत कामलाई समेत हस्तक्षेप गर्ने गरि भएको सडक सास्तीले संदेश दिन्छ अझै देशमा जनताका निम्ति गर्नुपर्ने धेरै छ। घन्टौ सम्म यसरी सडक बेवारिसे बनाइ समस्या पारेकोमा सर्बसाधारणको गुनासो रहेको छ।प्रचण्ड–माधव समूहले आज काठमाडौं र ललितपुरका बिभिन्न नौ स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा विरोधसभा गर्दै छ ।

माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किने जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत हुने छ । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्