गुणस्तर हिन कालाेपत्रे बनेको भन्दै,अनेरास्वविययू बझाङले ज्ञापनपत्र बुझायाे



उत्तम कुमार थापा बझाङ ।अनेरास्ववियू बझाङले अाज ज्ञापनपत्र बुझाएको छ । बझाङ जिल्ला अनेरास्ववियूले अाज जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको हाे । जयपृथ्वी राजमार्ग अन्तरगत रहेको खाेड्पे चैनपुर सडक खड्काकाे बाग्थला भाेपुर सडक खण्डमा गुणस्तर हिन काम भैईरहेकाे भन्दै ,अनुगमन गरेको टाेलीले काम हेर्दा ठेकेदारले स्टमेट अनुसार काम नगरेको पाईएपछि एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी लाई ज्ञापन पत्र बुझाएको अनेरास्ववियु केन्द्रीय सदस्य रामचन्द्र राेकायाले बताए ।

बाग्थला देखि भाेपुर सम्मकाे कालाेपत्रे जिम्मा पाएकाे जलजला निर्माण सेवाले स्टमेट अनुसार काम नगरेपछि अनेरास्ववियु बझाङ सँयाेजक पुष्पलाल राेकाया र सह- सँयाेजक देविजङ्ग सिहकाे टाेलीले ठेकेदारलाई सचेत गराउनकाे लागि नेपाल कम्युनिस्ट पाटीका सचिवालय सदस्य रहेका नरेन्द्र खड्का सहितलाई सहभागी गराउदै बुझाएको थियाे ।

युवा नेता खड्काले भने यदि हामीले सचेत गराउदा गराउदै पनि सम्वन्धित निकायकाे ध्यानाकर्षण हुन नसके ,र ठेकेदारले अझै लापरबाही गरेकाे थाहा भएको जस्तोसुकै कदम चाल्न पनि पछाडि नहट्ने दावि गरेका थिए । फिल्डमै खटेकाे टाेलीले सम्वन्धित निकायलाई ध्यानाकर्षण गराएकाे हाे । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने,मैले सडक डिभिजन बैतडी लाई भनेको छु । काम राेकिएकाे छ । उपरसेर बाेलाएर मात्र काम अगाडि बढ्ने भन्दै विकासमा चालेको कदमलाई सम्मान गरेका हुन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्