महिनावारी भएकालाई नदी पार गर्न रोक



सैघाली खबर,
पुस, २८ ।– घानामा महिनावारी भएकालाई नदी पार गर्न रोक लगाइएको छ । घानाको आफिन नदीमा बनेको पुलबाट महिनावारी भएको बेलामा वारपार गर्न रोक लगाइएको बीबीसीले जनाएको छ ।

यो प्रतिवन्धले माथिल्लो डेनकायरा इस्ट जिल्लाको मध्य क्षेत्रका बालिका महिनावारी भएको बेला विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेका छन् ।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन यूनेस्कोका अनुसार यो क्षेत्रमा औषतमा १० मध्ये एक छात्रा महिनावारीको कारण विद्यालय जानबाट बन्चित हुने गरेका छन् ।

विश्व बैंकको तथ्याङक अनुसार घानाको १ दशमलव १५ करोड महिला महिनावारीको समयमा सरसफाई गर्नबाट बञ्चित छन् । उनीहरुलाई महिनावारी भएको बेलामा नुहाउन पनि नदिने चलन रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्