केपी शर्मा ओलीले आयोगलाई धम्क्याएका छन् -माधब नेपाल



२८ माघ, काठमाडौं ।केपी शर्मा ओलीले आयोगलाई धम्क्याएका भन्दै माधब कुमार नेपाल आक्रोसित शैलीमा सम्बोधन गरेका छन्। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाएका हुन् ।

ओलीले आयोगमा पुगेर म नै पहिलो अध्यक्ष हुँ, आधिकारिकताको विवादमा पस्न पउँदैन भनेर संवैधानिक निकायलाई धम्क्याएको भन्दै उनले आपत्ति जनाएका हुन् । प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले आफैलाई पहिलो अध्यक्ष घोषणा गरेका ओलीलाई पत्याउन जरुरी नभएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्