दाहाल-नेपालले दिए निर्वाचन आयोगलाई चेतावनी



काठमाडौं । संसद भंग गरिएको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई खबरदारी गरेका छन् ।

नेकपाको अधिकारिकता विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी ओली मंगलबार निर्वाचन आयोग पुगेर आफू नै नेकपाको आधिकारिक भएको दाबी गरेका थिए ।

त्यसको भोलिपल्ट प्रचण्ड-माधव समूहले काठमाडौंमा गरेको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय प्रचण्ड र नेपालले ओलीको धम्कीबाट खुट्टा नकमाउन निर्वाचन आयोगलाई आग्रह गरे ।

सम्बोधनका क्रममा प्रचण्ड ‘आयोगका कोही कोही मान्छे, बढी नभनौं, भन्यो भने फेरि बिग्रिने हो कि’ भन्दै रोकिएका थिए । तर, सहभागीहरुको हुटिङपछि उत्साहित भएका उनले केन्द्रीय कमिटीको ७० प्रतिशत हामीसँग छ भनेर जाँदा विवाद सुरु भएको १० दिन पनि नभएको बताए ।

प्रचण्डले भने, ‘त्यसलाई हिसाब नगर्ने, केपी ओली गएर धम्क्याउने वित्तिकै त्यसलाई हिसाब गर्नुभयो भने तपाईंको खुट्टी देख्छ नेपालले ।’

प्रचण्डले चेतावनी दिँदै भने, ‘सजिलो नठान्नुहोला, नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ प्रचण्डले संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने चेतावनी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्