प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र प्रजातन्त्रको हत्या गरे’



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम चालेको भन्दै नागरिकले खबरदारी गरेका छन्। शुक्रबार प्रजातान्त्रिक विचार समाजले माइतीघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध खबरदारी गरेको हो।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री तानाशाही हुन खोजको आरोप लगाए। केसीले ओलीले अराजकतावादी रहेका र उनीहरुले लोकतन्त्रलाई नष्ट गर्न खोजेको भन्दै असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध सबै बुद्धिजिवी एकै ठाउँमा आउनुपर्ने बताए।

कार्यक्रममा प्राध्यापक डाक्टर गोविन्द केसीले प्रतिनिधिसभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको कर्तव्य रहेको भन्दै आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र प्रजातन्त्रको हत्या गरेको बताए।

नेपाली कांग्रेसका नेता सकलदेव सुतियारले सरकारको संवैधानिक निर्णयलाई राष्ट्रपतिले सदर गरेपछि आन्दोलित बन्नु परेको बत । विरोध कार्यक्रममा प्राध्यापक संघ, चिकित्सा संघ, इञ्जिनियर संघलगायत बुद्धिजिवीलगायतले धर्ना दिँदै खबरदारी गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्