निष्कृय संसदलाई सक्रिय बनाउन सकिने – देव गुरुङ



बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने बताएका छन्। शुक्रबार बुटवलमा रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले गरेको कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन्।

उनले न्यायालयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने बताएका थिए। गुरुङले २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाइएको उदाहरण समेत दिए।

उनले प्रतिगामी कदम नसच्चिएमा शैन्य शक्ति आकर्षित हुने र देशमा जनबिद्रोह पनि हुन सक्ने दुवै सम्भावना रहेको दाबी गरे। पूर्वमन्त्री समेत रहेका नेता गुरुङले देशमा स्थिरता र स्थायित्व कायम गर्न संसदलाई सक्रिय बनाउनु पर्ने उल्लेख गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दैमा विघटन हुन नसक्ने दावी गरे। प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले लामो सङघर्षबाट स्थापित लोकतान्त्रिक, गणतान्त्रिक प्रणालीलाई उल्टाएर आफु सर्वशक्तिमान हुन खोजेको आरोप लगाए।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम पश्चगामी भएको दावी गर्दै प्रधानमन्त्री ओलीले फासीवादी र तानाशाही चिन्तन देखाएको आरोप लगाए। उनले बैशाखमा चुनाव हुन नसक्ने दावी गर्दै प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधान विपरित भएकाले असंवैधानिक रुपमा नेपालमा चुनाव नहुने ठोकुवा गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्