जनयुद्ध दिवसको पूर्वसन्ध्यामा विप्लव नेकपाले निकाल्यो देशभर मसाल जुलुस



२६ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले देशभर मसाल जुलुस निकोलेको छ । प्रहरी दमन छल्दै यसरी मसाल जुलुस निकालेको सो पार्टीले जनाएको छ । यसैबीचसो पार्टीको जिल्ला शाखा दाङले पनि जिल्लाको विभिन्न ठाउँमा मसाल जुलुस गरेको छ ।

पार्टीको केन्द्रिय कार्यक्रम अनुसार दाङको तुलसीपुर, घोराही, बङ्गलाचुली गाउँपालिका, बबई गाउँपालिकाका विभिन्न स्थान मसाल जुलुस निकालिएको छ ।

मसाल जुलुसमा महान जनयुद्ध जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वीर शहिदहरु लाल सलाम, दलाल पुँजिवादी संसदीय व्यवस्था मुर्दावाद, २६औं जनयुद्ध दिवस भव्यताका साथ सफल पारौं, सम्पूर्ण आस्थाका राजबन्दी रिहाइ गर जस्ता नाराहरु लगाइएको थियो ।

त्यस्तै अखिल (क्रान्तिकारी) दाङले जनयुद्धको पूर्वसन्ध्यामा दिप प्रज्वलन कार्यक्रम समपन्न गरेको छ । अखिल (क्रान्तिकारी) दाङले घोराहीमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो । यता युवा सङ्गठन नेपाल राप्ती व्यूरोले विभिन्न जिल्लामा जनयुद्ध दिवसको पूर्वसन्ध्यामा मसाल जुलुस सम्पन्न गरेको छ । दाङ, रोल्पा, सल्यान, पश्चिम रुकुम, प्यूठान र नमुना जिल्लामा युवा संगठन नेपालले मसाल जुलुस कार्यक्रम सम्पन्न गरेको हो ।

यसैबीच देशका विभिन्न स्थानहरुमा २६औं जनयुद्ध दिवसको अवसरमा मसाल जुलस निकालिएका समाचारहरु आइरहेका छन् । सरकारले २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेकपा विभिन्न तरिकाले संगठित भइ आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको छ ।

यका काठमाडौंमा विप्लव नेकपा लगायत ४ पार्टीहरुकाबीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण भएको छ । सो मोर्चाले आगामी दिनमा पार्टी एकतासम्म जाने भनेको छ । वर्तमान संसदीय व्यवस्थालाई दलाल व्यवस्था भएको किटान गरेको सो मोर्चाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि संघर्ष गर्ने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्