जनयुद्धको २६औं वर्षगाँठः के थिए माओवादी जनयुद्धका ७ बुँदे प्रतिबद्धता ?



१) हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी माक्र्सवाद-लेलिननवाद-माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलदमीको योजना निर्माणका सन्र्दभमा पार्टी एकपटक पुनः माओवादद्वारा विकास गरिएको सर्वहारावर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।

२) जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनैतिक सत्ता कब्जा गर्नु सशस्त्र संघर्षको प्रमुख उदेश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद लगायतका सबै प्रकारका विचलवादी चिन्तन र पवृतिका विरुद्ध निरुन्तर सघर्ष गर्न पार्टी आफ्ने प्रतिबद्धताच जाहेर गर्दछ ।

३) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहाराको अधिनयाकत्व अन्र्तगत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरु चलाउँदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उदेश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढता विना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारावर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो संघर्ष जनताको स्थितिमा आशिंक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पुँजीवादी, संकीर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहने छ ।

४) हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्र्दभमा माक्र्सवाद-लेनिनवाद-माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको क्रान्तिकारी अन्तरर्राष्ट्रियवादी आन्दोलन (रिम), जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पुर्याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।

५) हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारावर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको संद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तरविरोधको नियमको सार्वभौमिकता अनुसार भित्री संघर्षलाई द्वन्द्वात्मक ढंगले ग्रहण र त्यसलाई सञ्चालन गर्नु पार्टीलाई त्यसरी सजिव राखी हरक्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पूरा हृदयले जनताको सेवा गर्ने, जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।

६) हाम्रो यो योजना सर्वहारावर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्ने छ । पार्टीको नेतृत्व सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष श्रमजीवी जनसमुदाय मुख्यतः गरीब किसानहरुमाथि भर परेर चल्ने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी एवं विदेशी प्रतिक्रियावादी गुटहरुको दबाब, धम्की र प्रलोभनमा पर्नै छैन ।

७) युद्धका आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्ने छ । लेनिनको ‘क्रान्ति आफैंले आफ्नो विकासक्रममा सधैं नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ’ भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरुरी छ । जित र हार, उपलब्धी र क्षतिका चक्रहरु पर गरेर नै जनयुद्ध विजयी बन्ने छ । खराब कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तरविरोधको नियमलाई ठीक ढंगले पक्रेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्ने छौं ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्