बुढानीलकण्ठमा प्रचण्ड र देउवाबीच छलफल



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक वार्ता थालेका छन्। मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका प्रचण्ड देउवा निवास बुढानीलकण्ठमा पुगेका छन्।

माओवादी केन्द्रको स्थायी समिति बैठक सकेर प्रचण्ड सिधैँ देउवा निवास बूढानीलकण्ठ पुगेको बताइएको छ। माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने,‘अध्यक्ष प्रचण्ड कांग्रेस सभापतिलाई भेट्न जानुभएको चाहिँ हो। के कुरा भयो, थाहा छैन।’

स्थायी समिति बैठकले कांग्रेस र जनता समाजवादीसँग छलफल गरी नयाँ सरकार बनाउने बारे निर्णय लिने निर्णय गरेको थियो। कांग्रेस-माओवादी केन्द्र-जसपा गठबन्धनले नयाँ सरकार निर्माण हुने विकल्प छ। देउवासँगको छलफल संसदमा निर्वाह गर्ने भूमिका, केपी ओली सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा केन्द्रित भएको बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्