पर्वतको रानीपानीमा हरि बहादुर थापा (सुमनको) अध्यक्ष्ातामा १३ सदस्य YCL नेपाल समिति गठन



अमृत भट्टराई ,पर्वत । नेकपा माओवादी केन्द्र बिहादी गाउँपालिका ३ रानीपानी पर्वतमा युवा कम्युनिस्ट लिग YCL नेपाल १३ सदस्य कमिटी गठन भएको छ । शनिबार एक कार्यक्रमका बीच YCL नेपाल गठन गरेको YCL पर्वतका जिल्ला सदस्य बिष्णु भट्टराईले जानकारी दिए ।

YCL नेपाल बिहादीकि अध्यक्ष सर्मिला सुनारको अध्यक्ष्ातामा सञ्चालन भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र )पर्वतका जिल्ला सचिवालय सदस्य युबा नेता ऋषि भुसालको प्रमुख अतिथि रहनुभएको थियो ।कार्यक्रममा जिल्ला सचिवालय सदस्य हरि प्रसाद पौडेल , YCL जिल्ला सदस्य बिष्णु भट्टराई लगायतले युवा लाई अब देश र जनताको हितमा रहेर काम गर्ने आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) जिल्ला सचिवालय सदस्य एवम् कार्यक्रमका प्रमुख अध्यक्ष युवा नेता भुसालले भने अबको लडाइ हतियार को नभएर युवा लाई आफ्नै देशमा केही रोजगारी दिन सक्ने खालको हुनुपर्छ र सबै बेरोजगारी युवा तथा विदेश मा दुख पाएर स्वदेश फर्केका युवालाई पनि युवा कम्युनिस्ट लिग YCL नेपाल मार्फत श्रममा जोडिन् आग्रह गर्नुभएको छ ।

YCL नेपाल रानीपानीमा हरि बहादुर थापा (सुमनको) अध्यक्ष्ातामा १३ सदस्य समिति गठन गरिएको हो ।
कार्यक्रमको स्वागत मन्तव्य एकीकृत अखिल नेपाल शिक्षक संगठन बिहादीका अध्यक्ष जीवन पराजुलीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मदन परियारले गर्नुभएको थियो ।

पछिल्लो समय गएको फागुन २३ गते नेकपा लाई सर्वोच्च अदालतले पुरानै पार्टीमा फर्काएपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आफ्नोतर्फबाट संगठन बिस्तार गर्दै हिडेका छन्।
पछिल्लो समय पर्वतको बिहादी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको संगठन अन्य पार्टीको भन्दा ठुलो र अन्य पार्टी बाट प्रवेश गर्ने गरेको समेत पाइएको YCL पर्वत का जिल्ला सदस्य भट्टराईले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्