होस्टलमा रहेकी १५ वर्षीया छात्राको उच्च ज्वरोले मृत्यु



बुटवल। तिलोत्तमा नगरपालिकाको नयाँमिलनस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा रहेकी छात्राको उच्च ज्वरोले मृत्यु भएपछि विद्यार्थी र अभिभावकमा त्रास छाएको छ। कक्षा १० मा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको हो।

दुई दिनदेखि रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिए पनि विद्यालयले समयमै उपचार नगर्दा घटना भएको अभिभावको आरोप छ। छात्रा विरामी भएको भन्दै शनिबार बिहान खबर पाएपछि आफन्तले नजिकैको क्रिमसन अस्पताल लगेका थिए। अस्पताल पुयाउनासाथ चिकित्सकले मृत घोषणा गरे।

विद्यालय होस्टलमा करिब ८० विद्यार्थी बस्छन्। अन्य विद्यार्थीमा पनि रुघाखोकीको समस्या देखिएको छ। घटनापछि धेरै अभिभावकले छोराछोरी घरमै लगेका छन्।

स्थानीय प्रशासनले विद्यालय बन्द गर्न निर्देशन दिए पनि नगरपालिकाले वैशाख २० गतेभित्र सबै परीक्षा सम्पन्न गर्न निर्देशन दिँदै परीक्षा सञ्चालन गरिरहेको छ। कान्तिपुर दैनिकमा खबर छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्