कोरोना संक्रमणबाट संविधान सभा सदस्य सिद्दिकीको निधन



काठमाडौं। कोरोना संक्रमणबाट संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसकि नेतृ मोहम्मदी सिद्दिकीको निधन भएको छ। कोरोना संक्रमणका कारण उपचाररत बाँकेकी कांग्रेस नेतृ मोहम्मदी सिद्धिकीको शनिबार साँझ उपचारका क्रममा निधन भएको हो।

फातिमा फाउण्डेसनकी संस्थापक अध्यक्ष समेत रहेकी सिद्धिकीको शनिबार उपचारका क्रममा निधन भएको हो। भेरी अञ्चल अस्पतालका प्रमुख प्रकाश थापाले सिद्धिकीको निधनको पुष्टि गरेका छन्। सिद्धिकी २०६४ सालको संविधानसभामा कांग्रेसको तर्फबाट समानुपातिक सभासद थिइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्