पूर्वप्रधानमन्त्री भट्टराई आज अस्पताल भर्ना हुँदै



काठमाडौं। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि आज अस्पताल भर्ना हुँदैछन्। वीर अस्पतालमा डाक्टर सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया हुन लागेको हो।

शुक्रबार शल्यक्रिया हुने भए पनि उनी आजै वीर अस्पताल भर्ना हुन लागेको उनको सचिवालयले जनाएको छ। पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराईलाई चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेपछि उनी गत फागुन ९ गते भारत गएका थिए।

दिल्लीमा उनको उपचार ’इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार भएकाे थियाे। त्यहाँ वायोप्सी, डोटा नोक परीक्षण, इन्डोस्कपी अल्ट्रासाउन्ड, पीइटी सिटी स्क्यानसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्