साउथका सुपरस्टार अल्लु अर्जुनलाई कोरोना संक्रमण पुष्टि



वैशाख १९, काठमाडौं । सुपरस्टार अल्लु अर्जुन आफैले सोसल मिडिया ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । अहिले उनी होम आइसोलेसनमा रहेका छन् । उनलाई केही दिन अगाडिसम्म आफ्नो सम्पर्कमा रहेका सम्पूर्णलाई कोरोना टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ भएको छ । मैले आफूलाई आइसोलेट गरेको छु । म सँग सम्पर्कमा रहनुभएका सबैले कोरोना टेष्ट गर्नुहुन अनुरोध गर्दछु ।’

उनले सबैलाई घरमै बस्न र सुरक्षित रहन आग्रह गर्दै अवसर पाएमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अपील पनि गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्