छुँदा पोल्ने सिस्नु खाँनुका यस्ता छन् फाइदै फाइदा



काठमाडौँ – पहाडी भूभागमा सजिलै पाइने तरकारी हो सिस्नु । छुँदा पोल्ने सिस्नुको तरकारी खाँदा हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ ।

झुपडी देखी पाँचतारे होटेलसम्म पकाइने सिस्नुमा धेरै औषधिय गुण हुन्छ । यसको पात र जराको तरकारी रूपमा मात्रै होइन सुप, चिया, जुस, औषधिको रूपमा पनि प्रयोग गरिन्छ ।

यसमा भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थ पाइन्छ ।

यस्ता छन् फाइदा

– कपाल झर्ने समस्या र डन्डिफोर, दादको समस्या पनि समाधान गर्छ । साथै कपाल सिल्की बनाउँछ ।

– हाड जोर्नी दुख्ने समस्या छ भने यसको झोल पिउनाले ठिक हुन्छ ।

– सिस्नोको परिकार नियमित खानाले जिउ दुख्ने समस्या हट्छ ।

– यसको सेवनले शरीरमा हुने कुनै किसिमको एलर्जी हुँदैन ।

– यसले मधुमेह र मुटु रोगबाट पनि बचाउँछ ।

– सिस्नोले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।

– पिसाब सङ्क्रमण हुनेहरूको लागि फाइदाजनक छ।

– नयाँ रगत बन्नका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्