गीत: “गैरी खेत बाँझै छ”



राज कुमार कार्की

केटी
चाँडो घर आऊ खसम गैरी खेत बाँझै छ
यो मनको कुरा त्यो मनलाई भन्न मन अझै छ।
केटा
गैरी खेत जोतौला सानु  छुट्टीमै  आएर
तिमी रोपार म बाउसे नै भएर।।
केटी 
आदि उमेर बित्यो  एक्ला एक्लै नै भएर
सम्झी बसेको छु तिमीलाई  रातो दिन  रोएर।।
केटा
पर्खी बस है सानु म घर आउँदै रातो दिन नरोएर
आउन पाइन म घर  हवाई  जहाज नै नभएर।
केटी 
चाँडो घर आउनु खसम पिसिआर नै गरेर 
सँगै बसौला गाउँ सानु बेसी नै मेला भरेर ।
केटा
तिम्रो इच्छा पुरा गर्ने छु छड्के तिलहरी किनेर
बूढा बा आमा एक्लै छन् नबस जाऊ घर  हिँडेर।।
केटी 
बाँझो बारी खन्दै छु सहर छोडी गाउँमा नै आएर
चाडै आउनु है खसम पर्खी बसेकी छु रातो दिन रोएर।।
केटा
भ्याक्सिन किन्ने पैसा पठाइदिनेछ सानु खाडीले
देशको बजेट जति खाइसक्यो कार्पेट  सारी र गाडीले।।
केटी 
देशले ॠण बोकायो है टाउकोमा बाउन्न हजार 
चाँडो आउनु खसम सँगै जाउला गाउँ बेसी बजार ।।
केटा
स्कुल बाट बिल आयो होला भुन्टे र कालीको
सबै पैसा पठाइदिने छु है यसपालिको।।
केटी 
मनको कुरो खसम पैसाले कहिल्यै बुझ्दैन
चाँडो घर आऊ खसम सिरानी त भिज्दैन।।
धन्यवाद।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्