कपिलवस्तु बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अभिमुखीकरण कार्यक्रम



तौलिहवा , असार २० कपिलवस्तु जिल्लाको धरोहरका रूपमा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा ४ चौथो वर्षमा अध्ययनरत विद्यार्थी को लागि अभ्यास शिक्षण अभिमुखीकरण चालु गरिएको छ । चार बर्षे वि.एड. अन्तर्गत चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले सम्पन्न गर्नु पर्ने प्रयोगात्मक अभ्यास अभ्यास (एड.४४०) कार्यको अभिमुखीकरण कार्यक्रम चालू गरिएको छ । अभिमुखीकरण कार्यक्रम भोलि पनि हुन्छ । कार्यक्रममा बोल्दै कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख डा. विनय पाण्डेयले भन्नू भयो कि शिक्षण पेसा सबैभन्दा सम्मानित पेस रहेको छ । खास गरेर शिक्षा सङ्काय बाट पढेका विद्यार्थीहरू असल शिक्षक बन्छन् । चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरू को अन्तिम वर्ष भएको हुनले विद्यार्थीहरुकाे उज्ज्वल भविष्यको कामना पनि व्यक्त गर्नु भएको छ ।

कपिलवस्तु बहुमुखी क्याम्पसको अभ्यास शिक्षण समितिका प्रमुख टीका राम ज्ञवालीले भन्नू भयो कि विद्यार्थीहरुकाे लागि अभ्यास शिक्षण धेरै महत्त्वपूर्ण रहेको छ । सिकेको कुरालाई व्यवहारमा उतारेका लागि विद्यार्थीहरूलाई आग्रह समेत गर्नु भएको छ । उक्त कार्यक्रममा कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख डा. विनय पाण्डेय , अभ्यास शिक्षण समितिका प्रमुख टीका राम ज्ञवाली , कृष्णराज शर्मा , वरिष्ठ प्राध्यापक भक्तिराम पन्थी , हाेतराज खनाल र विद्यार्थीहरुकाे सहभागीता रहेको थियो । प्राध्यापक तुलसी खनालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्