गायक कुलेन्द्र बिक, विमल परियार र सबिता परियारको दसैँ आयो “गावै रमाईलाे २’ सार्वजनिक 



पछिल्लो समय दर्शक श्रोताहरूको मन मस्तिष्कमा बसेका चर्चित गायक कुलेन्द्र बिश्वकर्मा गायिका सबिता परियार लगायत सम्पूर्ण टिमको दसैँ आयो है” गावै रमाईलाे देशै रमाइलो”(२) सार्वजनिक भएको छ ।
नेपाली गीत सङ्गीतको क्षेत्रमा एकपछि अर्को गर्दै लगातार  निकै उत्कृष्ट गीत सङ्गीत बजारमा आइरहेका छन्  र उत्तिकै चर्चा परिचर्चा पनि पाइराखेका छन् । यसै सन्दर्भमा हामी नेपालीहरूको महान् पर्व बडा दसैँ,तिहार नजिकिए सँगै कलाकारहरूले दसैँ तिहारका गीतहरू निरन्तर सार्वजनिक गरिरहेका छन् कलाकार हरुले जति पनि म्युजिक भिडियोहरू सार्वजनिक गरिरहेका छन् उत्तिकै चर्चा पनि बटुल्दै गइरहेका छन्।
अझ चाडपर्वको बेलामा यिनै गीत सङ्गीत दिनरात सुनिन्छन् । गीतको शब्द सङ्गीत शिव हमालले गरेका छन् ,आवाजमा गायक विमल परियार,कुलचन्द्र विश्वकर्मा र सबिता परियारको आबज रहेको छ भने म्युजिक भिडियोमा आधा दर्जन कलाकारको सहभागिता रहेको छ , भिडियोमा मोडल गायक रामजी खाण,कुलचन्द्र विश्वकर्मा,राजु गुरुङ,रन्जिता गुरुङ,रिना थापा,अर्जुन खडका,रितु तामाङ बालचन्द्र बराल लगायतका अन्य कलाकारको भूमिका रहेको छ , विक्रम चाैहानकाे निर्देशन राजेश घिमिरेको छाँयाङकन र मिलन विश्वकर्माको सम्पादनमा रहेको उक्त भिडियो शिव हमाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्