द भ्वाइसका विजेता किरणको नयाँ गीत ‘जुनी जुनी’ सार्वजनिक (भिडियाेसहित)



काठमाडौँ । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन’ ३ विजेता किरण गजमेरको स्वर रहेको गीत ‘जुनी जुनी’ भिडियोसहित सार्वजनिक भएको छ । येदिन गजमेरको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोमा चर्चित मोडल गीता ढुङ्गाना र कमल सिंहको रोमान्स समेटिएको छ ।

वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमी कहानीको रमाइला पल गीतको भिडियोमा देखाउने काेसिस गरिएको छ । भिडियोमा सुन्दरी मोडल गीता गज्जबसँग खुलेकी छिन् ।

लोकराज अधिकारी एसोसियट निर्देशक रहेको गीतको एरेन्ज धिरज श्रेष्ठले गरेका हुन् । बुद्ध थापाको छायाङ्कन रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् । अमेरिकामा बस्दै आएका गीतकार तथा सङ्गीतकार येदिनले एल्बम तरङ्गको चर्चापछि किरणलाई लिएर यो गीत बनाएका हुन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्