लोक पौडेलको ‘बेरुवाको औँठी’मा आँचल शर्मा ( भिडियो )



काठमाडौँ–  ‘बेरुवाको औँठी’ बोलको प्रेमिल शैलीको  म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा युवतिबिचको प्रेम र आकर्षणलाई विषयवस्तु बनाएर तयार पारिएको गीतमा शब्द, सङ्गीत  दीपक शर्माको  रहेको छ।

गीतमा स्वर लोक पौडेल र गायिका मेलिना राईको रहेको छ।   नरेन्द्र वियोगीले गीतलाई सङ्गीत संयोजन गरेका हुन्। गायन सँगै अभिनय मार्फत दर्शक सोर्ताको मन जित्दै आएका गायक प्रकाश सपुत र चर्चित नायिका आँचल शर्माको बेजोड अभिनय भिडियोमा देख्न सकिन्छ।

अनिल के मानन्धरले छायाङ्कन गरेको भिडियोमा  पूजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ।  विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो।  मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्