सञ्जय सेन्चुरीले लिएर आए, ”तिम्रो अदा” (भिडियोसहित)



सुनसरी । बाबा फिल्म प्रोडक्सनको प्रस्तुतिमा ‘तिम्रो अदा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई कपिल सापकोटाले लेखेका हुन् भने स्वर पनि कपिल स्वयमको रहेको छ ।

अस्ट्रेलियाका विभिन्न मनमोहक स्थानहरूमा यसको छायाङ्कन गरिएको छ । भिडियोको निर्देशन सञ्जय सेन्चुरीले गरेका छन् । सेन्चुरी भन्छन्, विदेशमा रहेर पनि नेपाली सङ्गीतलाई योगदान गर्ने सोचले अर्को पटक यस भिडियोको निर्माण गरेको छु । उनले यसअघि पनि विभिन्न छोटो चलचित्र तथा म्युजिक भिडियोहरूको निर्माण र निर्देशन गरिसकेका छन् ।

गीतको रेकर्डिङ भने मेक मनि रेकर्ड स्टुडियोले गरेको बताइएको छ । भिडियोमा दीपक सिंह रावतको कोरियोग्राफी तथा निर्देशक समेत रहेका सेन्चुरीको सम्पादन देख्न सकिन्छ । बाबा फिल्म प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा अस्ट्रेलियन मोडल हर्लिक रोज, दीपक सिङ रावत र कपिल आर्चायको अभिनयलाई देखाइएको छ ।

हप्ता दिन अघि सार्वजनिक भिडियोमा सकारात्मक प्रतिक्रिया देखिएको छ । दर्शकको साथ रहेसम्म भविष्यमा सङ्गीत क्षेत्रमा लागिपरिरहने निर्देशक सेन्चुरीको योजना छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्