‘सीमावार्ता सुरु गरौं, तुइन प्रकरण फेरि छानबिन होस्’



काठमाडौं। दिल्ली भ्रमणमा रहेको सत्तारुढ काँग्रेसको प्रतिनिधिमण्डलले भारतीय विदेश मन्त्री डा. एस जय शंकरलाई भेटेर सीमा वार्ता सुरु गर्नुपर्ने र दार्चुला तुइन प्रकरणको फेरि छानबिन गइनुपर्ने प्रस्ताव गरेको छ।

शुक्रबार अपराह्न भएको भेटवार्तामा प्रतिनिधिमण्डलका नेता पूर्वपरराष्ट्रिमन्त्री एवं काँग्रेस सभापति डा।प्रकाश शरण महतले तुइनबाट महाकालीमा खसेर बेपत्ता दार्चुलाका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिलाउनसमेत जय शंकरको ध्यानाकर्षण गराएका छन्।

‘भारतीय विदेश मन्त्रीसँग हामीले खुला रूपमा छलफल गरेका छौँ ।’ तुइन प्रकरणदेखि सीमाका विषयमा संवाद गरौँ भनेर स्पष्ट धारणा राखेका छौँ। भारतमा नोट बन्दीपछि नेपालमा बाँकी रहेको भारु सटही गरिदिन पनि आग्रह गरेका छौँ,’ भेटवार्तापछि महतले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपालमा खरिद गरेको कोभिसिल्डको आपूर्ति चाँडै होस्, नेपाललाई मल उपलब्ध गराउन सहजीकरण होस् पनि भनेका छौँ।’

करिब आधा घण्टा भएको भेटवार्तामा महतसँगै नेताहरु उदयशमशेर राणा र अजय चौरसिया सहभागी थिए। भारततर्फबाट जय शंकरसँगै भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले र विदेश विभाग सदस्य आश्विन जोहर सहभागी थिए। परराष्ट्र मन्त्रालयले तयार गरिदिएको नोटसमेत दिएर काँग्रेस नेताह्रुले नेपालका एजेन्डा राखेका थिए। आजको नयाँ पत्रिकामा समाचार छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्