माओवादीको वडाध्यक्ष र एमालेको वडा सचिवमा एकै व्यक्ति



काठमाडौँ । झापाको कनकाई नगरपालिकामा एकै व्यक्ति नेकपा एमालेको वडा सचिव र माओवादी केन्द्रको वडाध्यक्ष भएका छन्।

झापाको कनकाई नगरपालिकामाका नरबहादुर राई कनकाई नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रबाट वडाध्यक्ष र नेकपा एमालेको विधान महाधिवेशन पछिको पहिलो वडा अधिवेशनबाट वडा सचिवमा निर्वाचित बनेका हुन्।

उनी माओवादीको केही दिन पहिले भएको वडा भेलाबाट २ नम्बर वार्ड अध्यक्ष चुनिएका थिए । एक साता नबित्नै उनी एमालेको वडा सचिवसमेत चुनिए।

एक हप्तामै पार्टी परिवर्तन गरेका उनले सबै साथीहरू एमालेतिर लागेकाले आफू पनि एमालेमै लागेको बताएका छन्। झापाको कनकाई नगरपालिकामा माओवादीबाट एमाले रोज्ने अधिकांशले वडाध्यक्ष पाएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्