प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित



काठमाडौँ । प्रदेश १ प्रदेश सभाको बैठक स्थगित भएको छ। आज बस्ने तय भएको प्रदेश सभा बैठक कात्तिक १५ गते बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। सत्तारुढ नेपाली काँग्रेस र विपक्षी नेकपा (एमाले) को आग्रहपछि आजको बैठक स्थगित गरिएको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।

मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची थियो । एमाले विभाजन भएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सुरुमा काँग्रेसका मुख्य सचेतक केदार कार्कीले बाढी पहिरो निरीक्षण गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रहेको र त्यसमा सांसदहरू सहभागी हुन पर्ने भन्दै आइतबारको बैठक स्थगित गर्नका लागि माग गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्