पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा ५४ यात्रु घाइते, केहीको अवस्था चिन्ताजनक



विराटनगर । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ५४ जना घाइते भएका छन् । पाँचथरको फिदिम नगरपालिका–४ सिवादाेभानबाट बिर्तामोडका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सडकबाट झरेर दुर्घटनामा परेको हो । 

पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये १५ जनाको अवस्था चिन्ताजनक छ । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर सहित समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्