झारफुक गर्ने क्रममा श्रीमती र छोरीलाई टोक्दा दुवैको मृत्यु



विराटनगर । झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीय सीता तामाङ र छोरी १६ वर्षीय शिक्षा तामाङको ह’त्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका- ५ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

आज (मंगलबार )बिहान ६ बजे उनी आफैँले झारफुक गरेका थिए । झारफुक गर्ने क्रममा उनले श्रीमती ३४ वर्षीय सिता तामाङ र छोरी १६ वर्षीय शिक्षा तामाङको घाँटी तथा शरीरको विभिन्न भागमा टोकेका थिए । टोक्ने क्रममा नै उनीहरूको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी गजुरमुखी धामबाट प्रहरी टोली खटि गई कमल तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बत्ताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्