प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने



मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । सोमबार दिउँसो १२ः३० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले राजीनामा दिने तयारी गरेका हुन् । 

प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर राजीनामा दिने तयारी गरेका हुन् । विपक्षी गठबन्धनले भने मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका थिए ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई प्रस्ताव गर्ने निर्णय गरेका थिए । आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए। 

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । तर प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् ।

काँग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने निर्णय आइतबार नै गरिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्