कोरोनाबाट विश्वभर ५० लाखभन्दा बढीको मृत्यु



काठमाडौं। कोरोना भाइरस सङ्क्रमणका कारण गएको १९ महिनामा विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको छ। महामारी सुरु भएपछिको पछिल्लो १९ महिनामा कोरोना भाइरसका कारण विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको हो।

जोन हप्किनस् विश्वविद्यालयको अध्ययनले यस्तो तथ्याङ्क देखाएको हो। कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने समेत सो विश्वविद्यालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमणका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ।

अमेरिकामा करोना भाइरसका कारण ७ लाख ४५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन्। विश्व स्वस्थे सङ्गठनका अनुसार नारोकाबाट मृत्यु हुनेको सङ्ख्या अहिले सार्वजनिक भएको वास्तविक तथ्याङ्कभन्दा दोब्बर वा तेब्बर हुन सक्ने छ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्