प्रदेश १ को तेस्रो मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त , आजै शपथग्रहण



विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन्।

पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

आज दिउँसो २ बजे सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथग्रहण गराउँदै छन्र । मुख्यमन्त्री राईको शपथ दिउँसो ३ बजे हुने भएको छ। राईले चार पार्टीबाट एक/एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेका छन्।
नवनियुक्त मुख्यमन्त्री राईले आजै दिउँसो शपथग्रहण गर्ने तयारी भइरहेको छ । साथै उनले आज सानो आकारको ४ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी समेत रहेको बताइएको छ ।

जसमा काङ्ग्रेसबाट एक, माओवादी केन्द्रबाट एक, एकीकृत समाजवादीबाट एक र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री बन्ने छन्। यसअघि विश्वासको मत जुटाउन नसकेर निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार राजीनामा दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्