मोरङ कारागारमा कैदी बन्दीबीच झडप, १४ जना घाइते



विराटनगर । जिल्ला कारागार मोरङमा कैदी बन्दीबिच झडप भएको छ । झडपमा१४  जना घाइते भएका छन् ।

मंगलबार बिहान भएको झडपमा ६ जनालाई घाउ चोट लागेको छ, भने ८ जना सामान्य घाइते भएका १ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक अरुण कुमार बीसीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार कारागारका चौकीदार र कैदी बन्दीहरू झडप भएको हो । उनीहरूबिच देउसी विवाद  विषयलाई लिएर झडप भएको प्रहरीले जनाएको छ।

घाउ चोट लागेका चौकीदार गुरुङसहित ६ जनाको कोसी अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले देउसी विवादमा कैदीबन्दीहरु बीच झडप भएको बताए पनि कैदी बन्दीका आफन्तले भने चौकीदार विवादका कारण झडप भएको बताएका छन् । कारागारभित्रै पटक-पटक झडप हुने गरेकाले आफ्ना कैदी बन्दीलाई अन्यत्र सरुवा गरिदिन कैदी बन्दीका आफन्तले आग्रह गरेका छन् ।

तोकिए भन्दा धेरै सङ्ख्यामा कैदी बन्दी राखिएकाले पटक-पटक झडप हुने गरेको प्रहरीले जनाएको छ । थुनिएका कैदीहरूलाई प्रहरीले कारागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ । उनीहरूलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएको प्रहरीले जनाएको छ ।

सो कारागारमा ९ सय ७२ जना कैदी बन्दी रहेका छन्, जसमा ७२ जना महिलाहरू रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्