राप्रपा प्रदेश १ को सदस्यमा राउत सर्वसहमत चयन



दमक । राप्रपाको सोमबार भएको प्रदेश १ अधिवेशनबाट सुनसरी वराहक्षेत्र वाट राजनीति गर्दै आएका विजय राउत सर्वसहमत प्रदेश सदस्य चयन भएको छन् ।
 
दमक स्थित कस्मिक पार्टी प्यालेसमा आइतबार र सोमबार भएको अधिवेशनबाट राम थापा निर्वाचन प्रक्रियाबाट प्रदेश अध्यक्षमा निर्वाचित भएको छन् भने अन्य १४ जिल्लाबाट २८ जना प्रदेश सदस्यहरू सर्वसहमत चयन भएका छन् ।

प्रदेश सदस्य चयन भएका विजय राउत विगत २०६५ सालदेखि राप्रपा नेपाल हुँदै हाल प्रदेश सदस्य भएका हून। ०६५ सालमा सुनसरी जिल्ला महेन्द्रनगर गाविस वडा नम्बर ५  साबिक वडा अध्यक्षको पदमा बसेर राप्रपाको राजनीति सुरुवात गरेका राउत त्यसयता इकाई सह सचिव ,क्षेत्रीय सह सचिव तथा दुई कार्यकाल जिल्ला सदस्यमा रहेर काम गरिसकेका छन्। मिडिया नेपालको १ नम्बर प्रदेश अध्यक्षसमेत रहेका राउत, राजनीति शास्त्र र शिक्षा शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्?। राउत “राप्रपाले उठाएको एजेन्डाहरूले मात्रै मूलकलाई समृद्ध बनाउन सक्ने र देशको वैकल्पिक शक्तिको रूपमा राष्ट्रको एक मात्र पार्टी राप्रपा रहेको बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्