कोरोनाको नयाँ भेरियन्ट भारतमा देखिएको पुष्टि



कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन छिमेकी देश भारतमा देखिएको पुष्टि भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरिअन्ट फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार दिउँसो पत्रकार गरी सम्मेलन जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार भारतमा पहिलो पटक ६६ र ४६ वर्षका दुई पुरुषमा कोरोना भाइरसको यो नयाँ भेरिअन्ट फेला परेको हो । मन्त्रालयका अनुसार अरू शहरमा पनि ओमिक्रोनको परीक्षण सुरु गरिएको छ । यसअघि बिहीबारै भारत आएका चार जना विदेशी यात्रुमा कोरोना भाइरसको ओमिक्रोन भेरिअन्ट पुष्टि भएको थियो ।

बुधवारदेखि लागू हुने गरी भारतले उच्च जोखिम भएका देश युके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बङ्गलादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरिसकेको छ । कोभिड पुष्टि नहुने यात्रुले ७ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ ।  

नेपालमा उच्च सतर्कता
कोरोनाभाइरसको यो नयाँ भेरिअन्ट भित्रिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका कोरोना भाइरसको जीन सिक्वन्सिङ कार्यलाई पहिलेको तुलनामा तीव्र पार्ने गरी काम अघि बढाइएको सरकारी दाबी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकारीहरूका अनुसार अब पहिलेको तुलनामा चाँडो चाँडो जीन सिक्वन्सिङ गरिनेछ । दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको कोरोना भाइरसको उक्त भेरिअन्ट हालसम्म विभिन्न देशहरूमा पुगिसकेको पाइएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्