माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ



कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन् ।शनिबारेदेखि पोखरामा जारी रहेको प्रदेश अधिवेशनले कुसुमलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। 

अध्यक्षमा चयन नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक पनि हुन् । उनी अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को केन्द्रीय सचिवको जिम्मेवारीसमेत छिन् ।

गण्डकी प्रदेशको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

अध्यक्षको टुङ्गो लागे पनि उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारीको भने टुङ्गो लागेको छैन। बाँकी पदाधिकारीको टुङ्गो अर्को बैठकले लगाउने बताइएको छ। अध्यक्षमा चयन भएकी गुरुङ गण्डकी प्रदेशसभा सदस्य हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्