समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वकर्मा चयन



पर्वत। समाजवादी प्रेस सङ्गठन नेपाल पर्वत शाखाको अध्यक्षमा लक्ष्मण विश्वकर्मा चयन भएका छन्। एक दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय सङ्गठन कमिटी निर्माण गरिएको हो।

शाखा गठनका लागि आयोजित भेलामा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोती प्रसाद पौडेलले प्रगतिशील पत्रकारहरू निरंकुशतका विरुद्धमा र परिवर्तनका पक्षमा कलम चलाउन आग्रह गरे। उनले समाजमा उपेक्षा र उत्पीडनमा रहेका वर्गका आवाज बुलन्द पार्न कलमजीबिहरुले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए।

भेलामा बोल्दै प्रेस सङ्गठन नेपाल गण्डकी प्रदेश कमिटीका संयोजक गणेश पौडेलले सञ्चारमाध्यम र पत्रकारहरूले देशमा भएका राजनीतिक परिवर्तनका आन्दोलनमा अगुवाइ गरेको बताउँदै आगामी दिनमा गणतन्त्रको संस्थागत गर्न र संविधानको रक्षाका लागि समेत कलम चलाउनुपर्नेमा जोड दिए।

नवगठित कमिटीको सदस्यहरूमा सन्देश लामिछाने, प्रताप आचार्य, सुमति सुनार, एलके पौडेल, सदिक्षा पोखरेल, अमृत लम्साल, महेश भुसाल, अस्मिता परियार, सुरेश परियार, मिनु सापकोटा, जीवन परियार, सन्तोष पौडेल, युवराज पौडेल लगायत रहेका छन्। भेलाले संयोजक र सदस्य मात्रै टुङ्गाएको र अन्य पदाधिकारीको चयन आगामी बैठकबाट हुने बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्