कक्षा १२ नतिजामा भएको विवाद १५ दिनभित्र पुनः नतिजा प्रकाशन गर्ने सहमति



काठमाडौँ । कक्षा १२ मा कानुन पढेका गण्डकीका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबिच पुनः उत्तर पुस्तिका परीक्षण गरेर १५ दिनभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ ।

संयुक्त विद्यार्थी सङ्गठन, विद्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा १५ दिनभित्र विद्यार्थीको उत्तर पुस्तिका पुनः परीक्षण गरेर नतिजा प्रकाशन गर्ने सहमति भएको हो ।

कोरोना महामारीका कारण दुई पटकसम्म स्थगित भएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षा दिएको २ महिनापछि बोर्डले मङ्सिर १७ गते नतिजा प्रकाशन गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्