ठगीको आरोपमा कांग्रेस नेता अधिकारी प’क्राउ



चितवन। नेपाली काँग्रेस चितवनका नेता दीपक अधिकारीलाई प्रहरीले भरतपुरबाट प’क्राउ गरेको छ। कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसँग कारोबार गरे बापतको रकम नतिरेपछि प्रहरीको मोस्ट वान्टेट सूचीमा परेका नेता अधिकारीलाई पक्राउ गरेको हो।

कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसँग चितवनको भरतपुरमा रहेको अस्किना केवल नेटर्वक प्रा.लि. संचालन गर्दै आएका अधिकारीले दिएको चेक बाउन्स भएपछि प्रहरीले अदालतबाट आदेश लिएर प’क्राउ पुर्जी जारी गरेको थियो।

सो कम्पनीलाई तिर्नुपर्ने करिब १ करोड ५० लाख रुपिया  अधिकारी र अर्का सञ्चालक मिलन गुरुङले पैसा नतिरी भाग्दै आएका थिए।

विभिन्न मितिमा अधिकारी र गुरुङले कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिलाई उक्त रकम बराबरको चेक दिएको भए पनि उक्त चेक नसाटिएपछि सो कम्पनीले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्