अर्जुन दास ह त्या प्रकरण : आफन्तले बुझे श व , घ’टनामा संलग्न १ आ’रोपी प’क्राउ



काठमाडौं । कैलालीमा बीभत्स तरिकाले ह त्या गरिएका अर्जुन दासको श व परिवारले बुझेका छन् । उनको श’व फेला परे पनि परिवारले ह’त्यारालाई प’क्राऊ गर्न माग गर्दै शव बुझ्न मानेको थिएन । परिवारले विभिन्न माग समेत राखेको थियो ।

२ पौषको साँझ घरबाट हिँडेका अर्जुन दासको श’व अपरावती सामुदायिक वनमा फेला परेको थियो । रूखमा बाँधेर धारिलो हतियारले घाँटी छिनालिएको अवस्थामा अर्जुनको शव गत ३ पुसमा स्थानीय अमरावती सामुदायिक वनमा फेला परेको थियो ।   

ह’त्याका अभियुक्तले घटना घटाएको स्विकार्दै गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो ।  प्रहरीले एक जना आ’रोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तीन जना फरार छन् । फरारहरू सीमा पारी भागेको अनुमान छ । हत्यामा संलग्नको खोजीलाई प्रहरीले तीव्रता दिइरहेको र दोषीको पहिचान भइसकेको प्रहरीको दाबी छ ।

अर्जुन दास भारतमा बस्दै आएका थिए । घटनालाई लागू औषधको कारोबारसँग जोडेर हेरिएको छ । तर, दासको परिवारले उनी लागू औषधको सेवन नगर्ने बताएको छ ।

ह’त्यामा संलग्नलाई प’क्राउ गर्न प्रशासनलाई दबाब दिन आफन्त र स्थानीय बासिन्दाले दैनिक जसो प्रदर्शन, बन्द र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । 

घटनाको दिन अर्जुन दास साथीकोमा जान्छु भनेर गएका थिए । तर, उनी फर्किएनन् । उनको पत्नी र छोरी छन् । घटनाको दिन उनको घरमा केही युवाहरू पुगेर मोबाइल मागेका थिए । तर, मोबाइल नभेटिएपछि फर्किएको बुझिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्