कैलालीमा एक थप्पडको बदलामा घाँ’टी रेटेर ह त्या !



कैलाली । कैलालीको जानकी गाँउपालिका–९ का २५ वर्षीय अरुण दासको ह त्या प्रकरणको अनुसन्धान जारी छ । गत शनिबार कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेला परेको थियोे । अमरावती सामुदायिक वनमा नग्न अवस्थामा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा दासको श’व फेला परेको थियो ।

विभत्स हत्यापछि अरुणलाई आफूहरुले मारेको भन्दै मनोज नामका एक व्यक्तिले आफूनिकट एकजनालाई गरेको टेलिफोन संवाद बाहिरिएको थियो । अडियोको अनुसन्धानका क्रममा एक थप्पडको बदला लिन अरुणको ह’त्या गरिएको आसय व्यक्त गरिएको छ । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “अडियोमा थप्पडको कुरा छ । तर, कसले कसलाई हानेको हो खुलेको छैन । तर, थप्पडकै बदला र लागुऔषध लुकाएको बदलामा ह’त्या गरिएजस्तो देखिन्छ ।” 

अडियोमा मनोजले हत्यापछि आफूहरु भारत बैंङलोर जान लागेको र रुपेडिया बोर्डर पुगेको बताएका छन् । सो अडियोमा ‘बक्स’को कुरासमेत उल्लेख छ । प्रहरीले सो बक्स लागुऔषध हुनसक्ने बताएका छन् । प्रहरीले मृतक दासकी श्रीमतीको म्यासेन्जरले हत्यापछि सार्वजनिक भएको अडियो पठाएको आ’रोपमा एकजनालाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा कमल साउद छन् । उनीमाथि अनुसन्धान जारी छ ।

अनुसन्धानमा संलग्न एक अधिकारिका अनुसार कमलले आफ्नो घरमा लागुऔषध लुकाएर राखेको र सो चोरिएपछि घटना ह’त्यातर्फ अगाडि बढेको बताएका छन् । हत्यामा ६र७ जनाको संलग्नता हुनसक्ने प्रहरी अनुमान छ । भारतीय सुरक्षा निकायसँग समवन्य गरेर अपराधीको खोजी सुरु गरिएको एक प्रहरी अधिकारीले बताए ।  

प्रहरीका अनुसार दास साथीसँग जाने भन्दै उनी घरबाट निस्किएका थिए । दास भारत आउजाउ गर्ने गरेको खुलेको छ । घटनामा संलग्न सबैको पहिचान भइसकेको कैलाली प्रहरीको दाबी छ । मृतक दाससमेत लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । उनीहरुले भारतबाट लागुऔषध ल्याएर नेपालमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्