मनपरी भाडा असुलेको गुनासो पछि छड्के अनुगमन



बझाङ । जिल्लामा चल्ने छोटो तथा लामो दुरिका यातायात साधनले मनोमानी भाडा असुल्न थालेको गुनासो बढेपछि यातायात साधनहरूमा अनुगमन गरेको छ । 
शुक्रबार प्रमुख जिल्ला अधिकारीको मोहन अधिकारीको  नेतृत्वको टोलीले जिल्लामा चल्ने साना तथा ठुला यातायातका साधनहरूको छड्के अनुगमन गरेको हो ।

जिल्लामा चल्ने साना तथा ठुला यातायातका साधन हरुले मनोमानी भाडा असुल गरेको जनगुनासो आए पछि प्रमुख जिल्ला अधिकारी महोन अधिकारीको नेतृत्वको टोलीले छड्के अनुगमन गरेको जनाएको छ ।

जिल्लाको जयपृथ्बी राजमार्ग अन्तर्गतको सिमखेतमा उक्त टोलीले बढी भाडा लिने बस जिपहरू र रातो नम्बर पिलेटका गाडिले समेत भाडामा यात्रु ओसारेको भन्दै कारबाही गरेको बताइएको छ ।

जयपृथ्बी राजमार्गको सिमखेतमा प्रमुख जिल्ला अधिकारीको टोलीले जिल्ला प्रशासनले निर्धारण गरेको भन्दा बढी भाडा असुल गर्ने जिप र रातो नम्बर पिलेटमा यात्रु ओसारपसार गर्ने गरेको  भन्दै ६ वटा गाडीलाई कारबाही स्वरूप जरिवाना असुल गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्