घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमनमा तीव्रता



बझाङ । घरेलु तथा साना उद्योग कार्यालय बझाङले सदरमुकाम चैनपुरका खुद्रा तथा थोक पसल अनुगमन गरेको छ । बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय ,उद्योग वाणिज्य सङ्घ ,वडा कार्यालय तथा नगरपालिकाकाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

चैनपुर बजार क्षेत्र भित्र रहेका पसल दर्ता भए नभएको र म्याद नाघेको सामान राखेका व्यापारीलाई कार्यवाही गर्ने चेतावनी दिएका हाे । अनुगमन टोलिले सबैभन्दा बढी हाम्रो टेरेर्डस ,न्यू मल्ल स्टोर र चन्द्र धनुष बाट करिब २ लाख २ हजार ७ सय बराबरको म्याद नाघेको मदिरा तथा खाद्यवस्तुहरू बरामद गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय बझाङका प्रमुख खडक बोहराको संयोजकत्वमा खटिएको टोलिले करिब २०७५ २०७६ वर्ष मै समय सकिएका उपभोग्य बस्तुहरू बरामद गरी बाउलीखोलामा नष्ट गरेको छ । त्यसैसरि जिल्ला भित्रका सबै भन्दा ठुला पसलले नै अवैध सुर्तीजन्य पदार्थ र म्याद गुज्रिएका बस्तुहरू बिक्रीबितरण गर्दा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने प्रमुख खडक बोहराले बताउनु भयो ।

दुर्गम जिल्ला भएकाले डिलरहरूले ठुलो मात्रामा गोदाममा सामान राख्ने र समयमै बिक्री नगरी लामो समयसम्म राख्दा म्याद गए पनि गाउँघरका अशिक्षित व्यापारीलाई बिक्रिबितरण गर्न गरेको पाइएको छ । म्याद नाघेको सामानमा सबै भन्दा बढी मदिरा बियर ,जुस तथा उपभोग्य बस्तु गरी २ लाख २ हजार ७ सय बराबरको बरामद गरी नष्ट गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्