३ लाख रुपैयाँमा बला त्कार घटना मिलाउने वडासदस्यसहित पाँच जना प’क्राउ



धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाकी ७७ बर्षिया एक वृद्धामाथिको बला त्कार प्रकरणमा वडा सदस्यसहित पाँच जनालाई प’क्राउ गरेका छन् ।

प’क्राउ पर्नेमा घोडाघोडी नगरपालिका ४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, सोही वडाका वडा सदस्य लक्ष्मी रुद्र न्यौपाने, शिक्षक होम प्रसाद सुवेदी, स्थानीय व्यापारी राजु भट्टराई रहेका छन् ।

प्रहरीका अनुसार गत मसिंर १५ गते सोही ठाउँकी ७७ वर्षिया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर जर्बजस्ती करणी गरेका थिए । घटना बाहिरीले डरले अर्को दिन पीडित पक्षलाई  ३ लाख दिने भनेर मिलापत्र गरेका थिए ।  

प्रहरी स्रोतका अनुसार पीडकले आर्थिक लेनदेनमा कुरा नमिलेपछि घटना बाहिरिएको अनुसन्धानमा देखिएको छ। उनीहरूमाथि अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्