बला त्कारको घटना ढाकछाेप गरेकाे आ’रोपमा जनप्रतिनिधि र शिक्षक प’क्राउ



धनगढी । बला त्कार जस्तो जघन्य अ’पराध ढाकछोप गर्न खोजेको आ’रोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित पाँच जना प’क्राउ परेका छन् ।

प’क्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई छन् ।

१५ मंसिरमा स्थानीय ७७ बर्षीया महिलामाथि भएको बला’त्कारको घटना ढाकछोप गर्न भूमिका खेलेको आरोपमा उनीहरूलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

‘घोडाघोडीकी ७७ बर्षीया वृद्धामाथि बलात्कार भएको थियो,’ प्रहरी प्रवक्ता जोशीले भने, ‘१५ मंसिरमा बलात्कार हुँदा १२ पुसमा मात्रै उजुरी आएपछि अनुशन्धान गर्दा वडा सदस्यसहित पाँच जनालाई प’क्राउ गरेर छानबिन थालिएको छ ।’

उनका अनुसार पीडित महिलाका छोराले १२ पुसमा मात्रै इलाका प्रहरीका सुख्खडमा बला’त्कार भएको भन्दै उजुरी दिएका थिए । १५ मंसिरमा भएको घटनामा उजुरी दिन किन ढिलाइ भन्ने प्रश्नमा पीडित पक्षले जनप्रतिनिधि र शिक्षकको दबाबका कारण ढिलाइ भएको जवाफ दिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

प्रहरी प्रवक्ता जोशीले आर्थिक लेनदेनको विषयमा कुरा नमिलेका कारण घटना ढिला गरी मात्रै बाहिरिएको हुन सक्ने बताए । ‘सुरुमा तीन लाखमा कुरा भएको देखिन्छ,’ प्रवक्ता जोशीले भने, ‘तर पछि भने जनि पैसा नपाइएपछि आफन्त प्रहरी कहाँ पुगेका हुन सक्छन्, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

पीडित पक्षले भने जनप्रतिनिधिको दबाबका कारण उजुरी दिन ढिलाइ भएको भन्ने जवाफ दिएका छन् । घटनामा संलग्न भएको आशक गरिएका ३-४ जना भने अझै प’क्राउ परेका छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्